कुस्तीमा भारतीय पहलमानलाई हराउँदै थापा विजयी – Nepal Press

कुस्तीमा भारतीय पहलमानलाई हराउँदै थापा विजयी

रुपन्देही । रुपन्देही तिलोत्तमाको मणिग्रामस्थित तिलोत्तमा महोत्सवमा भएको कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा विजयी भएका छन् ।

शुक्रबार भएको फाइनल खेलमा थापा प्रथम भए भने भारतका गब्बर दोस्रो तथा नबाव तेस्रो भए । प्रथम हुनेले २५ हजार पुरस्कार प्राप्त गरे भने दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे ।

शुक्रबार पनि दर्शकहरुले उत्साहका साथ कुस्ती प्रतियोगिता हेरेका थिए । कुस्ती प्रतियोगितामा २१ जना पहलमानहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसैबीच मेलमा शनिबार खुल्ला जिल्लास्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने खेल ब्यवस्थापन उपसमिति संयाजक विवश थापाले जानकारी दिए । उक्त प्रतियोगिताको अन्तिम तयारी भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *