स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ २०४४ मतले अगाडि – Nepal Press

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ २०४४ मतले अगाडि

काठमाडौं । स्याङ्जा २ मा गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

आजबाट सुरु भएको मतगणनामा हालसम्म १७ हजार ११५ मत गनिसकिएको छ । जसमा गुरुङले सात हजार ९०७ मत ल्याएका छन् भने नेकपा एमालकी उम्मेदवार पद्मा अर्यालले पाँच हजार ८६३ मत हासिल गरेकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुई हजार २८८ मत पाएका छन् । यससँगै धनरजा दुई हजार ४४ मतले अगाडि छन् ।

त्यसैगरी, प्रदेश २(१) मा पनि कांग्रेसका भोजराज अर्याल आठ हजार ७१३ मतसहित अग्रस्थानमा छन् भने एमालेका मोहन रेग्मी छ हजार ६३६ मतले पछ्याइरहेका छन् ।

यसैगरी, समानुपातिकतर्फ १६ हजार १२४ मत गणना गर्दा कांग्रेसले ५ हजार ९५२ मत पाउँदा एमालेले पाँच हजार २५९ मत ल्याएको छ भने रास्वपाले दुई हजार ५६३ मत ल्याएको छ ।

स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर