बाजुरामा विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ – Nepal Press

बाजुरामा विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ

कैलाली । बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष अयडीसँगै प्रहरीले अहिले सम्म तीन जनालाई पक्राउ गरेको जनाएको छ छ । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए ।

मंसिर ४ गते निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर बीभत्स हत्या गरिएको थियो । प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजि गरिरहेको जनाएको छ ।

अहिले पक्राउ परेको वडाध्यक्ष नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा एक महिना पहिला पनि मात्र धरौटीमा छुटेका थिए। जिल्ला अदालत बाजुराले उनलाई एक लाख धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *