हेराल्ड कलेजका ३९६ विद्यार्थी दीक्षित – Nepal Press

हेराल्ड कलेजका ३९६ विद्यार्थी दीक्षित

काठमाडौं । हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह- २०२२ सम्पन्न भएको छ । दीक्षान्त समारोहमा स्नातक(ग्रयाजुएट) तह पुरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको छ । त्यसमध्ये ३६१ जना विद्यार्थी बिएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् ।

ती विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे। वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।

सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको छ । त्यसैगरी हेराल्ड कलेजमा अन्तराष्ट्रिय एमबिए अध्ययन गर्न समेत छात्रवृतिको व्यवस्था गरेको छ ।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ)प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ठ र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हेराल्ड कलेज काठमाडौंले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने बताए ।

विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौका सम्पुर्ण टिमलाई धन्यवाद दिए । ‘म यो गौरब गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ’ प्रो भाइस चान्सलर टिमले भने । दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला दिए ।

विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिँदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिने उनको भनाई थियो । यस विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजबाट उत्तीर्ण विद्यार्थी मध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेका छन् । हेराल्ड कलेज काठमाडौंले चारवर्षे ब्याचलर अफ इन्टरनेशल विजनेश म्यानेजमेन्ट तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तराष्ट्रिय एमबिए कक्षा संचालन गरिरहेको छ ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्ड कलेज काठमाडौं नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्ये उत्कृष्ट मानिन्छ । उल्भरहेम्टन विश्वविद्यालयलेकलेजलाई समेत सम्बन्धन दिएको छ ।

विराटनगर इन्टरनेशनल आइएनजीले संचालन गरेको हेराल्ड कलेज काठमाडौंको बारेमा जानकारीदिँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए । अध्यक्ष बुढाथाकीले नेपालमा वेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर