कांग्रेस सहमहामन्त्री यादव र एमाले सचिव महासेठबीच उछिनपाछिन, साढे ५ सयको अन्तर – Nepal Press

कांग्रेस सहमहामन्त्री यादव र एमाले सचिव महासेठबीच उछिनपाछिन, साढे ५ सयको अन्तर

धनुषा । धनुषा ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रघुवीर महासेठबीच कडा टक्कर देखिएको छ । आइतबार साँझबाट यादवको अग्रता तोड्दै लिड गरिरहेका महासेठ अहिले साढे ५ सय मतले पछाडि परेका छन् ।

ताजा अपडेटअनुसार महेन्द्र यादवको २६५१० मत छ । रघुवीरको २५९६३ मत रहेको छ । दुईजनाबीचको मतान्तर ५४७ छ ।

अहिले मिथिला नगरपालिकाको गणना भइरहेको छ । वडा नम्बर २ नक्टाझिजको गणनाबाट यादव अगाडि आएका छन् ‌। अझै ७ वटा वार्डको करिब १२ हजार मत गन्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर