दक्षिण कोरिया र उरुग्वेले खेले गोलरहित बराबरी – Nepal Press

दक्षिण कोरिया र उरुग्वेले खेले गोलरहित बराबरी

काठमाडौं । दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेल्दै फिफा विश्वकप २०२२ मा अंक बाँडेका छन् ।

एजुकेसन पार्क रङ्गशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँडे ।

दक्षिण कोरिया र उरुग्वे फिफा विश्वकपमा योसहित तेस्रो पटक आमने-सामने भएका हुन् ।

यसअघिका दुवै भेटमा उरुग्वेले दक्षिण कोरियालाई पराजित गरेको छ । सन् १९९०को समूह चरणमा १–०गोलको नतिजामा जीत निकालेको उरुग्वेले सन् २०१०मा अन्तिम १६मा २–१ले हराएको थियो ।

यो दक्षिण कोरियाको विश्वकपमा ११औं सहभागिता हो । दक्षिण कोरिया विश्वकपमा सबैभन्दा धेरै सहभागी हुने एसियन राष्ट्र पनि हो ।

समूह ‘एच’ को दोस्रो खेलमा ९ः४५ बजे पोर्चुगल र घाना प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर