मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज मतदाता भागाभाग – Nepal Press

मोरङमा मतदान केन्द्रभित्र विस्फोटको आवाज मतदाता भागाभाग

विराटनगर । मोरङको बूढीगंगास्थित करैयाँ देवीस्थान मतदान केन्द्रमा विस्फोट भएको छ । मतदान केन्द्रभित्रै ठूलो आवाजसहित विस्फोट भएपछि अहिले मतदान रोकिएको छ ।

बूढीगंगा गाउँपालिका-१ स्थित उक्त मतदान केन्द्रमा विस्फोटपछि लाइनमा बसेका मतदातामाझ भागदौड भएको छ ।

बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल प्रेसलाई बताए । पुनः मतदान सुरू गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

पटका पड्काएर आतंकित पार्न खोजिएको दाहालले बताए । उनले भने, ‘मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा यकिन हुन बाँकी रहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *