मन्त्रीकै प्रचारमा भारतीय गाडीको लस्कर – Nepal Press

मन्त्रीकै प्रचारमा भारतीय गाडीको लस्कर

रुपन्देही । कपिलवस्तुमा बहालवाला मन्त्रीकै प्रचारमा भारतीय गाडीको लस्कर लागेको छ ।

लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री तथा कपिलवस्तु क्षेत्र नं १ को २ का उम्मेदार सहश्रराम यादवको प्रचारमा आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग हुँदै आएको छन् ।

नेपाली काँग्रेसका उमेद्वार सहसराम यादवको प्रचारमा उनका कार्यकर्ताले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् तर निर्वाचन आयोगमा कसैले उजुरी समेत गरेको छैन ।

निर्वाचन आयोगका अनुसार भारतीय सवारी साधन प्रयोग गर्नु आचारसंहिता विपरीत हो । शनिबार कपिलवस्तुको पकडीमा आयोजित कार्यक्रममा मन्त्री यादवसँगै ती भारतीय गाडी प्रयोग भएको स्थानीयले जानकारी दिएका छन् ।

शनिबार त्यहाँ प्रचार कार्यालय उद्घाटनको कार्यक्रम थियो । यसअघि जसपाबाट निर्वाचित भएर मन्त्री बनेका यादव मनोनयन गर्ने दिन नेपाली कांग्रेस प्रवेश गरेर उम्मेदारी दर्ता गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर