शीर्ष नेतासँगको छलफलपछि सभामुखको विश्वास- सदनको अवरोध हट्ने आधार तय भयो (भिडिओ) – Nepal Press

शीर्ष नेतासँगको छलफलपछि सभामुखको विश्वास- सदनको अवरोध हट्ने आधार तय भयो (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले अब बस्ने प्रतिनिधि सभाको बैठकमा कुनै अवरोध नहुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुबीचको छलफलपछि सदनको गतिरोध हटाउन आजको बैठकले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनले भने, ‘समस्याहरू आइरहन्छन्, समस्याले सदनलाई अवरोध गर्दै भन्ने मेरो बलियो विश्वास छ, समस्याको समाधान कतिपय राजनीतिक दलहरूबाट हुन्छन् कतिपय सदनबाटै हुन्छन्, आजको बैठकले २८ गतेबाट सुरु हुने अधिवेशन रोकतोकबिना अगाडि जाने आधार तयार भएका छन्। चल्दैन भन्ने शंका गर्नुपर्ने आधार देखेको छैन।’

उनले राजनीतिक दलहरू संसदलाई समस्या गरेर अगाडि बढ्नेतर्फ लाग्ने जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर