रविको नाम नराखी संसदीय छानबिन समितिको कार्यादेश तयार, सहमतिअघि कांग्रेसले समय माग्यो (भिडिओ) – Nepal Press

रविको नाम नराखी संसदीय छानबिन समितिको कार्यादेश तयार, सहमतिअघि कांग्रेसले समय माग्यो (भिडिओ)

काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश तयार भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको छ ।

कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताए । कांग्रेसले केही समय मागेकाले संसदतिर जाने गरी उठिएको उनले बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएको भनिएका सहकारीको नाम राख्ने गरी सहमति भए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलका लागि बाहिरिएपछि अन्तिम सहमति बाँकी रहेको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट जीवन परियार, बैठकमा सहभागी ज्ञानेन्द्र कार्की पार्टी संसदीय दलको कार्यालयतर्फ लागेका छन् । कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाउने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर