पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना – Nepal Press

पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

काठमाडौं । पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ ।

गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई आज सजाय निर्धारण गरिएको हो । विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ ।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज सजाय निर्धारण गरेको हो ।

सुनीलमाथि वैशाख ९ गते दायर अर्को मुद्दा पनि विचाराधीन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध उनी सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *