सरकारले शेयर लगानीकर्ताबाट उठायो ४ अर्ब कर – Nepal Press

सरकारले शेयर लगानीकर्ताबाट उठायो ४ अर्ब कर

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म शेयर लगानीकर्ताबाट ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पूँजीगत लाभकर लिएको छ ।

लङ ट्रम (दीर्घकालीन) शेयर होल्ड गर्ने लगानीकर्ताहरुले १ अर्ब १ करोड १४ लाख रुपैयाँ, सर्ट ट्रम (अल्पकालीन) कारोबार गरी लाभ लिने लगानीकर्ताले २ अर्ब ६२ करोड ३६ लाख र ५१ करोड ७८ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

सरकारले एक वर्ष भन्दा धेरै (लङ ट्रम) धितोपत्र होल्ड गरी नाफामा बिक्री गर्नेलाई ५ प्रतिशत र सो समय भन्दा कम(सर्ट ट्रम) समय धितोपत्र होल्ड गरी सेयर खरिद बिक्री गर्नेलाई ७.५ प्रतिशत पूँजीगत लाभ कर लिँदै आएको छ ।

चालू आवमा लगानीकर्ताहरुले (कर्पोरेटसहित) साउनमा ४० करोड ८ लाख, भदौमा १४ करोड, असोजमा २१ करोड ९५ लाख, कात्तिकमा ८ करोड ४२ लाख, मंसिरमा ३० करोड ५३ लाख, पुसमा ७४ करोड ३९ लाख, माघमा ९७ करोड २० लाख, फागुनमा ४४ करोड ९ लाख चैतमा ४८ करोड ३४ लाख रुपैयाँ पूँजीगत लाभकर बुझाएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । वैशाखमा लगानीकर्ताहरुले ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ कर बुझाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर