एमालेको टिप्पणी- कांग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन (भिडिओ) – Nepal Press

एमालेको टिप्पणी- कांग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्नेकुरा सम्भव नरहेको बताए ।

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए । उनले रुलाई निषेध गर्ने तरिकाबाट प्रश्तुत हुने कुरा राम्रो नहुने बताए ।

उनले बैठकले आगामी संसदको बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि बताए ।

उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए ।

यस्तो छ बर्तौलाः

२८ गतेदेखि संसद बैठक आरम्भ हुँदैछ । त्यो बैठकलाई प्रारम्भदेखि नै व्यवस्थित र प्रभावकारी ढंगबाट सबै राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरेर आगामी बैठकहरु व्यवस्थित ढंगले चलाउने संकल्प गर्ने लगायका विषयवस्तुहरु उठेका छन् । नेपाली काँग्रेसले केही विषयहरु राखेका छन् ।

कांग्रेसले राखेका विषयवस्तुहरु किन न्यायोचित छैन भने उहाँहरु अमुक व्यक्ति विशेष गरी गृहमन्त्री लक्षित गरी मात्रै समितिको कुरा राख्नुभएको छ, त्यो कुरा सम्भव छैन, समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत काम गर्ने कुरा अस्वीकार्य छैन ।

फलानो व्यक्ति दोषी छ, फलानो व्यक्तिकेन्द्रित गरिएको छ, त्यसमा हाम्रो सहमति छैन । अरुलाई निषेध गर्ने तरिकाबाट उहाँहरुले प्रस्तुती दिइराख्नुभएको छ । पहिला कसैबारेमा प्रश्न उठेको भए निजले आफ्ना कुरा राख्न पाउनुपर्छ, नेपाली काँग्रेसलाई सुन्न मन छैन होला तर नेकपा एमालेलाई सत्य के हो सुन्न मन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर