आगामी निर्वाचनसम्मै वर्तमान गठबन्धनमा रहने जसपा उपेन्द्र पक्षको निर्णय (भिडिओ) – Nepal Press

आगामी निर्वाचनसम्मै वर्तमान गठबन्धनमा रहने जसपा उपेन्द्र पक्षको निर्णय (भिडिओ)

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ ।

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो ।

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए ।

उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनले बताए । सुमनले केहि व्यक्तिहरुले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दाबी गरे । प्रवक्ता सुमनले आफूहरुकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताए । यद्यपी पार्टी बिभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ ।

उनले महाधिवेशनलाई समयमा नै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर