काठमाडौं-७ का युवालाई स्वदेशमै रोजगारी दिने मानुषीको आश्वासन (भिडिओ) – Nepal Press

काठमाडौं-७ का युवालाई स्वदेशमै रोजगारी दिने मानुषीको आश्वासन (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीकी नेतृ तथा काठमाडौं ७ की सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले आफ्नो निर्वाचन क्षेत्रका युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउने आश्वासन दिएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले जनताको घरघरमा रहेको समस्या परिवर्तन गर्ने बताइन् ।

उनले भनिन्, ‘लोकतन्त्र र संविधानको रक्षा र प्रतिगमनको विरुद्ध बनेको गठबन्धनले जनताको घरघरमा अवस्थाको परिवर्तन ल्याउँछ । काठमाडौं ७ मा जुझारु युवाहरूलाई अगाडि सारेपछि देशभरि नै सकारात्मक सन्देश प्रवाह भएको छ ।’

उनले संविधानमा लेखिएका मौलिक हकलाई जनताको घरघरमा पुर्‍याउन आफू प्रतिबद्ध भएर लाग्ने बताइन् ।

यमीले भनिन्, ‘जनताको जीविकासँग सम्बन्धी घरघरमा उठेका चासोलाई हामी सम्बोधन गर्छौं । हामी यहाँका युवाहरुलाई स्वदेशमै रोजगारी गरेर आफ्नै परिवारसँग रहेर बाँच्न पाउने सुनिश्चित गराउँछौँ । काठमाडौंबासी भनेर निर्धक्का साथ हिँड्न सकेका छैनौँ । हामीले यहाँको आवाजलाई बुलन्द गर्नुपर्छ ।’

गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता पत्र तयार पारेर घरघरमा पुर्‍याउने उनले बताइन् । त्यसका लागि सुझाव माग्दै मानुषीले जनताको एजेण्डालाई कार्यान्वयन गर्न आफूले नेतृत्व गर्न लागेको दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर