पौडेलको जिकिर- मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु हो (भिडिओ) – Nepal Press

पौडेलको जिकिर- मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु हो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका लागि राजनीति गरेको बताए ।

उनले भने, ‘अहिलेसम्मको उपलब्धि खतरामा परेपछि कस्तो अवस्थामा गठबन्धन निर्माण भएको सबैलाई थाहा छ । हामीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई बचाउन गठबन्धन गरेका हौँ ।’

समयसँग आवश्यकता बढ्दै जाने भएकाले क्रमबद्ध रूपमा विकास निर्माणलाई अगाडि बढाएको पौडेलको भनाइ थियो ।

‘हामीले सकेको गरेको छौँ विकासकै लागि हामीले राजनीति गरेका हौँ । विकासविनाको राजनीति खोक्रो हुन्छ’ उनले भने, ‘हामीले राजनीति जोगाएर विकास गरेका छौँ । एकैचोटि सबै कुरा हुँदैन । आवश्यकता बढ्दै जान्छ त्यही अनुसार काम अगाडि बढाउनुपर्छ ।’

उनले आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै भएकाले भोट माग्न आवश्यक नभएको जिकिर गरे ।

‘तनहुँ भनेको मेरो आफ्नो घर हो । त्यसैले भोट माग्नुपर्छ जस्तो लाग्दैन । तपाईंहरूले आफैँलाई जिताउनु हो । आफैँलाई हराउनु हो । त्यसैले भोट माग्ने कुरा होइन । मिलेर काम गर्ने हो’ पौडेलले भने ।


प्रतिक्रिया

One thought on “पौडेलको जिकिर- मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु हो (भिडिओ)

  1. हेर नेताको बोली । यस्ता हैसियत नभएका नेतालाई नै हो हराउनुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर