कोशी प्रदेश सरकार गठनविरुद्वको रिट फुयालको इजालसमा – Nepal Press

कोशी प्रदेश सरकार गठनविरुद्वको रिट फुयालको इजालसमा

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको पेशी हरिप्रसाद फुयालको इजालसमा परेको छ । कार्कीले नयाँ सरकार गठन प्रक्रियाविरुद्ध कोशी प्रदेश प्रमुखसहितलाई विपक्षी बनाएर दायर गरेको रिटको पहिलो पेशी न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।

उक्त रिट न्यायाधीश फुयालको इजलासको दैनिक पेशी सूचीको अन्तिम नम्बरमा छ । न्यायाधीश फुयालको इजलासमा ६ वटा मुद्दाको पेशी रहेकोले आजै सुनुवाइ हुनसक्ने सम्भावना रहेको जनाइएको छ ।

कार्कीले वारेसमार्फत सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए । रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान, सूचना, निर्णय एवं पत्राचारहरु कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले असंवैधानिक रुपमा सरकार गठनको आह्वान गरेको आधारमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेको र प्रदेश प्रमुखबाट नियुक्तसमेत गरिएको विषय असंवैधानिक भएको जिकिर गरिएको छ ।

त्यस्तै बिहीबार नियुक्त भएका वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै काम कारबाही नगर्न नगराउन तथा आफूलाई यथावत रुपमा जिम्मेवारी बहन गर्न कुनै पनि व्यवधान नगर्न नगराउन अन्तरिम ओदश माग गरिएको छ ।

रिटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर