राष्ट्रिय सभामा कांग्रेसको अडान- गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबनेसम्म दुवै सदन चल्दैन – Nepal Press

राष्ट्रिय सभामा कांग्रेसको अडान- गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबनेसम्म दुवै सदन चल्दैन

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म राष्ट्रिय सभा पनि चल्न नसक्ने चेतावनी दिएको छ। राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक चल्न नदिने पार्टीको निर्णय भएको बताए।

त्यसबारे उनको भनाइ:
सहकारीको विषयमा गृहमन्त्री जोडिएको विषयमा पटक पटक कुरा उठेको छ। प्रतिनिधि सभामा अवरोध भइराख्ने सरकारले काम अगाडि नबढ्ने भएपछि सदन खुलाउनुको अर्थ के हुन्छ? प्रतिनिधि सभासँग हामी पनि जोडिएका छौं। त्यही कुरा अड्कीएको छ। त्यसैले यसलाई मात्रै चलाउनुको अर्थ हुँदैन। अर्बौँको घोटालाको कुरा छ। हामीले राजीनामा दिनुस् भनेका छैनौं।

तर, संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईँहरू नै हुनुहुन्छ भनेका छौँ। छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु। किन बनाउनु नहुने। अर्को समस्या त महान्यायाधिवक्ता। आजसम्म इतिहासमा नभएको घटनामा जुडिसियरी पनि सामेल भएको देखियो। महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ, पत्र।

प्रहरीले क्यारेक्टरको सर्टिफिकेट दिएको जस्तो भनेर, कुनै अपराध गरेको छैन है भनेर दिए जस्तो। मिल्दैन नि किन गरेको यस्तो? कसको प्रभावबाट हुन्छ। यसले संवैधानिक निकायहरुलाई पनि अवैधानिक कार्य गर्न बाध्य पार्न थाल्यो, यस्तो गर्न हुँदैन। अनुसन्धान गरे भइहाल्यो नि गृहमन्त्रीमाथिको अनुसन्धान प्रहरीले गर्न सक्छ? संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि जाँदैन भन्ने हाम्रो दलको निर्णय पनि छ। सरकारले राम्रोसँग कुरा सुनेको छ भन्ने हाम्रो विश्वास पनि हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर