नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै – Nepal Press

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा शुक्रवारबाट शुरु हुने वर्षे अधिवेशनमा पार्टीले संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा पनि छलफल हुनेछ ।

नेपाली कांग्रेसले यसअघिको हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा रकम हिनमिना गरेको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै संसद अवरोध गरेको थियो ।

कांग्रेसले सभामुखसँग शिर्ष नेताहरुको बैठकमा पनि अहिले पनि संसदीय छानबिन समिति बनाएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने माग यथावत राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर