सी जिनपिङको विरोधमा बेलायतमा प्रदर्शन, प्रदर्शनकारीमाथि दूतावास कर्मचारीको दमन (भिडिओ) – Nepal Press

सी जिनपिङको विरोधमा बेलायतमा प्रदर्शन, प्रदर्शनकारीमाथि दूतावास कर्मचारीको दमन (भिडिओ)

काठमाडौं । राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको विरोधमा बेलायतको म्यानचेस्टरस्थित चिनियाँ महावाणिज्य दूतावास बाहिर प्रदर्शन भएको छ । दूतावास अगाडि भएको प्रदर्शनमा दूतावासका कर्मचारीले एक प्रदर्शनकारीलाई कार्यालय परिसरभित्र तानेर कुटपिट गरेको भिडिओसमेत हाल सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडिओमा चिनियाँ वाणिज्य दूतावासबाहिर सी जिनपिङविरुद्ध नारा लगाएको देख्न सकिन्छ । उनको हातमा केही ब्यानर र पोस्टर पनि छन् । सोही क्रममा वाणिज्य दूतावासका कर्मचारी र आन्दोलनकारीबीच झडप भएको देख्न सकिन्छ भिडिओअनुसार केही कर्मचारीले प्रदर्शनकारीलाई वाणिज्य दूतावासको गेटभित्र तान्दै उनलाई लात र मुक्का प्रहार गरेको देखिन्छ ।

त्यसपछि एक प्रहरी अधिकारीले प्रदर्शनकारीलाई उद्धार गरेर त्यहाँबाट बाहिर निकालेका छन् । ‘हामीले प्रदर्शन गरिरहेका थियौँ । त्यसपछि वाणिज्य दूतावासका मानिसहरूले मलाई भित्र तानेर लगे । म भाग्न सक्नुअघि, तिनीहरूले मलाई घेरे र त्यसपछि मलाई कुटपिट गरे । उनीहरूले त्यसो गर्नु हुँदैनथ्यो । किनभने बेलायतमा हामीसँग आवाज उठाउने स्वतन्त्रता छ ।’ पीडित प्रदर्शनकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनाबारे वाणिज्य दूतावासका प्रवक्ताले प्रदर्शनकारीले चिनियाँ राष्ट्रपतिको अपमानजनक तस्बिर राखेर नाराबाजी गरेको बताएका छन् । बीबीसीका अनुसार हाल यस विषयमा म्यान्चेस्टर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर