सत्ता गठबन्धनको बैठक बस्दै: संयुक्त चुनावी अपिल जारी गर्ने तयारी – Nepal Press

सत्ता गठबन्धनको बैठक बस्दै: संयुक्त चुनावी अपिल जारी गर्ने तयारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

आज बस्ने बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।

त्यसो त आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल जारी गर्न लागेको जानकारी गराएका थिए ।

यस्तै बैठकमा गठबन्धनविरुद्धका बागी उम्मेदवार, गठबन्धनको अवस्था आँकलनलगायत समसायिक विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर