सत्तारुढ गठबन्धनले कात्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण चलाउने – Nepal Press

सत्तारुढ गठबन्धनले कात्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण चलाउने

रुपन्देही । सत्तारुढ चार दलीय गठबन्धनले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कात्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको छ । गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।

प्रशिक्षणमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गर्नेछन् ।

निर्वाचन केन्द्रित प्रशिक्षणमा प्रत्येक पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने नेपाली कांग्रेस सभापति रामकृष्ण खाँणले जानकारी दिए । गठबन्धनको बैठकले गठबन्धनका दलको सहभागितामा निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष अविराम विश्वकर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर