जोशीपत्नी राधादेवीलाई ल्याइयो अस्पताल – Nepal Press

जोशीपत्नी राधादेवीलाई ल्याइयो अस्पताल

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीलाई घरबाट ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा ल्याइएको छ ।

सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन उनलाई मंगलबारस्थित घरबाट अस्पताल ल्याइएको हो ।

उनको परिवारले उनलाई अस्पताल ल्याएका छन् । उनी आफैं पनि अस्वस्थ्य छिन् । हिँडडुल गर्न नसक्ने भएपछि उनलाई एम्बुलेन्समा ल्याइएको थियो । त्यसपछि हि्वलचियरमा राखेर लगिएको छ । अस्पतालका अनुसार  जाेशीकाे पार्थिव शरीरलाई ९:४५ देखि १०:४५ बजेसम्म शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाइनेछ । यस अवधिसम्म जाेशीकाे शव अस्पतालमै राखिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १०:४५ देखि ११:३० बजेसम्म परिवारका सदस्यले गर्नुपर्ने कार्य गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ः३० देखि १२ः३० मिनेटसम्म राखिने मेयर महर्जनले बताए ।

त्यसपछि ललितपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । यसवेला सर्वसाधारणले स्वर्गीय जाेशीप्रति श्रद्धाञ्जली दिन पाउने मेयर महर्जनले जानकारी दिए । यसपछि जाेशीकाे शव किष्ट अस्पताललाई नै हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर