विनोद चौधरी भन्छन्- पैसाका लागि राजनीतिमा आउनुपरेको होइन – Nepal Press

विनोद चौधरी भन्छन्- पैसाका लागि राजनीतिमा आउनुपरेको होइन

काठमाडौं । उद्योगी, व्यवसायी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफूले पैसाको लागि राजनीति नगरेको प्रष्ट पारेका छन् ।

दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै देशमा बढ्दै गइरहेको आर्थिक समस्यालाई न्यूनीकरण गर्न राजनीतिमा आएको बताएका हुन् ।

उनले भने, ‘म संसद्मा दुई पटक बसिसके छ । अहिले नातिनातिना खेलाएर बस्नुपर्ने बेलामा हो । तर, अहिले म प्रत्यक्ष चुनाव लड्दै छु । तर, म देशमा देखिएको भद्रगोल अवस्थाको समाधान गर्नको लागि चुनावी मैदानमा जाँदै छु ।’

उनले आफ्नो क्षेत्रका जनताको समस्या आफूले नजिकबाट देखे भएकाले त्यो समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘मेरो क्षेत्र नवलपरासी पूर्व थियो तर पार्टीले पश्चिम पठाइदिएको छ । त्यहाँ सुस्ताको डुबानको समस्या छ । पानीको सट्टा बालुवा आउँछ। केरा र उखुको राम्रो उत्पादन छ । तर, किसान सधैँ समस्या छन् । आफ्नो परिनाको मूल्य पाउन सकेका छैनन् । त्यो समस्या समाधान गर्न सक्छु भन्ने विश्वास छ ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित भइसकेको व्यक्ति भएकाले आफू पैसाका लागि राजनीतिमा नआएको प्रष्ट पारे । उनले विश्वभरका हजारौँलाई रोजगारीको अवसर दिएको समेत बताए ।

उनले गोरखपुरबाट त्रिभुवन विमानस्थल हुँदै रोजीरोटीका लागि बाहिरिने युवालाई रोजगारीको अवसर प्राप्त गराउन सक्ने दाबी समेत गरे ।


प्रतिक्रिया

One thought on “विनोद चौधरी भन्छन्- पैसाका लागि राजनीतिमा आउनुपरेको होइन

  1. अझै कढी कमाएर विदेश लैजान उठनु परेको हो भनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर