मलाई ‘रियल लाइफ’मा अभिनय गर्न आउँदैन, लाज लाग्छ : रेखा थापा – Nepal Press

मलाई ‘रियल लाइफ’मा अभिनय गर्न आउँदैन, लाज लाग्छ : रेखा थापा

काठमाडौं । अभिनेत्री तथा राप्रपाकी नेतृ रेखा थापाले राजनीतिमा देखिएको विकृति अन्त्य गर्न आफू राजनीनिमा आएको बताएकी छन् ।

मोरङ ३ बाट उम्मेदवार बनेकी थापाले आफूलाई जिताए जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता जाहेर गरेकी हुन् ।

चुनावी घरदैलोका क्रममा उनले भनिन्, ‘यहाँको समस्या अझै उस्तै छ । सुकुम्वासी समस्या समाधान हुन सकेको छैन । शिक्षा र रोजगारको आश्वासनमात्रै पाएका छौं । हाम्रो मत लिएर संसदमा बेचेर आफू महलमा बस्ने र हाम्रो काँधलाई प्रयोग गरेको बदला लिन आएको हुँ । म काम गर्न आएकी हुँ ।’

पाँच वर्षको लागि सेवा गर्न अवसर दिएमा एकएक मतको कदर गर्ने उनले बताइन् । अभिनेत्री थापाले अरु नेताहरुलाई जस्तो आफूलाई नाटक गर्न नआउने बताइन् ।

उनले भनिन्, ‘मलाई अभिनय गर्न पर्दामा मात्रै आउँछ । रियल लाइफमा आउँदैन । लाज लाग्छ । हेर्नुस् त राजनीतिक दलका नेताहरुले कति अभिनय गर्छन् ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर