माओवादीको भाग जनमोर्चाले पाएपछि अर्घाखाँचीमा सहमति – Nepal Press

माओवादीको भाग जनमोर्चाले पाएपछि अर्घाखाँचीमा सहमति

रुपन्देही । सत्तारुढ गठबन्धन दलमा भएको सहमतिअनुसार अर्घाखाँचीको प्रदेश क मा माओवादीको तर्फबाट उम्मेदवारी दिएका ठाकुर कुमार बिक ब्याक भएका छन् । उनले दिएको उम्मेदवारी वुधबार फिर्ता लिएका हुन् । यससँगै अब गठबन्धन दलबाट सबै उम्मेदवार एकल भएका छन् ।

यसअघि राष्ट्रिय जनमोर्चा र नेकपा एसले गठबन्धनको भावना विपरीत भागवण्डा भएको भन्दै प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका थिए । वुधबार माओवादीका ठाकुर विकले फिर्ता लिएपछि प्रदेश क बाट जनमोर्चाका सागर केसी गठबन्धनका उम्मेदवार बनेका छन् । अब गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पुष्पा भुसाल र प्रदेश सभा क मा सागर केसी जनमोर्चा र प्रदेश सभा ख मा कमल भुसाल, कांग्रेसबाट उम्मेदार बनेका छन् । यहाँबाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा टोपबहादुर रायमाझी र प्रदेश सभा क मा चेतनारायण आचार्य र ख मा रामजी घिमिरे उम्मेदार रहेका छन् ।

५ दल गठबन्धन दलमा भएको सहमतिले नेकपा एमालेलाई जितका थप चुनौती बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर