मकवानपुरमा कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी – Nepal Press

मकवानपुरमा कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी

हेटौंडा । दुई वटा प्रतिनिधिसभासहित ६ वटा क्षेत्र रहेको मकवानपुरमा ६९ जनाकै उम्मेदवारी कायम भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयन दर्ता गरेका ६९ जनाको उम्मेदवारी कायम भएको हो । वुधबार

उम्मेदवारी फिर्ता लिने समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तथा प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।

मकवानपुरमा २६ जना प्रतिनिधिसभा र ४३ जनाले प्रदेशसभा सांसदको लागि मनोनयन दर्ता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर