चितवन ३ मा कांग्रेसका बागी दिनेश कोइरालालाई छाडेपछि एमालेमा असन्तुष्टि – Nepal Press

चितवन ३ मा कांग्रेसका बागी दिनेश कोइरालालाई छाडेपछि एमालेमा असन्तुष्टि

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई समर्थन गर्दै पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएपछि असन्तुष्टि चर्किएको छ ।

प्रचण्डले छाडेको सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् । एमालेबाट उम्मेदवार रहेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रबाटै फिर्तां लिइएपछि असन्तुष्टि बढेको हो ।

सो क्षेत्रमा एमालेका न्यौपाने नै लोकप्रिय उम्मेदवार रहेको र पार्टीले कांग्रेसका बागीलाई समर्थन गर्दा उल्टो हुने कतिपय नेताले बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य कोइराला गठन्धनका उम्मेदवारविरुद्ध बागी उठेका छन् ।

कोइरालाले यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू चुनाव जितेपछि एमाले प्रवेश गर्ने बचन दिएको बताइएको छ ।


प्रतिक्रिया

3 thoughts on “चितवन ३ मा कांग्रेसका बागी दिनेश कोइरालालाई छाडेपछि एमालेमा असन्तुष्टि

  1. एमालेको निर्णय मलाई पनि ठिक लागेन किनकी जितेपछि उनी एमाले प्रवेश गर्छन भन्ने के ग्यारेण्टी ?

  2. जे मन लाग्यो त्यहि गर्या देख्दा एमाले साचै सक्न खोज्या हो कि झै लाग्न थाल्यो उम्मेदवारी फिर्ता नै लिने भए सम्बन्धित उम्मेदवार सङ सह्ल्लाह गरेर गर्नु पर्छ नि ! उम्मेदवारी दिइ सक्या मान्छे ले कसरि सहयोग गर्छ धादिङ मा त्यहि गरियो आफ्नो दल को लाइ अपमान गर्दा अरु दल को मान्छे खोजि खोजि प्रवेस गराउनु को के अर्थ हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर