सहिदपत्नी फूलो कुमारीलाई एमालेले बनायो धनुषाबाट समानुपातिक उम्मेदवार – Nepal Press

सहिदपत्नी फूलो कुमारीलाई एमालेले बनायो धनुषाबाट समानुपातिक उम्मेदवार

जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलो कुमारी देवीलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको छ ।

धनुषाको सहिदनगर नगरपालिका ६ हडबराकी फूलोलाई एमालेले मधेस प्रदेशको सांसदका लागि समानुपातिक उम्मेदवार बनाएको हो ।

गत असोज ३ मा एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा फूलोको नाम समावेश थिएन । उक्त सूची सच्याएर फूलोको नाम समावेश गरेको बुझिएको छ ।

फूलोलाई प्राथमिकता दिएर पार्टीले बन्द सूचीमा नाम राखेको एमाले नेता सञ्जीव झा ‘सुरज’ले पुष्टि गरेका छन् ।

असोज ८ मा पूर्व मन्त्री उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराउन धनुषा पुगेकाे बेला एमाले अध्यक्ष केपी ओली सहिद पत्नी फूलोको घर पुगेका थिए ।

तत्कालीन हडबरा गाविसका अध्यक्ष समेत बनेका कम्युनिस्ट नेता रामनारायणको ०५३ सालमा हत्या भएको थियो ‌।

त्यसपछि उनको परिवार नै सखाप पार्न खोजिएपछि कान्छा छोरा अपराजय र फूलोलाई पाल्पा लगेर ओलीले जोगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर