भारतको म्याक्स हेल्थ केयरमा उपचार गराउने नबिलका ग्राहकलाई छुट – Nepal Press

भारतको म्याक्स हेल्थ केयरमा उपचार गराउने नबिलका ग्राहकलाई छुट

काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थ केयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउनेछन् ।

नबिलका ग्राहकहरुले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउनेछन् । नबिलका सीईओ ज्ञानेन्द्र ढुंगाना र म्याक्स हेल्थ केयरको तर्फबाट वरिष्ठ निर्देशक–मुख्य बिक्री र मार्केटिङ अधिकृत अनस अब्दुल वाजिदले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिलका सीईओ ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए ।

त्यस्तै म्याक्सका वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेका १७ वटा सेवा प्रदायक शाखाबाट जटिल रोगहरु जस्तै मृगौला, कलेजो, बोनम्यारोको प्रत्यारोपन, मुटुको शल्यक्रिया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताले पाउने सेवामा ढुक्क हुन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर