विद्यार्थीलाई अस्पतालकाे ओपीडी सेवामा ५० प्रतिशत छुट – Nepal Press

विद्यार्थीलाई अस्पतालकाे ओपीडी सेवामा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले विद्यार्थीलाई संघीय अस्पतालमा उपचार गर्दा ओपीडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ओपिडी सेवा लिनका लागि विद्यार्थीले आफ्नो परिचयपत्र देखाउनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *