चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक – Nepal Press

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक

काठमाडौं । कार्तिक ४ गतेबाट देशभरका हलहरुमा एकसाथ रिलिजको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। काठमाडौं उपत्यकामा घर नहुँदाको पीडा र घर किन्न गरिएको संघर्षलाई चलचित्रले रमाइलो ढाँचामा पस्केको छ।

‘ए प्लस इन्टरटेनमेन्ट’को प्रस्तुतीमा तयार परिएको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा कलाकारहरु दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य पात्रका रुपमा देखिएका छन्।

तिहारको कोसेली स्वरुप दर्शकमाँझ पस्किन लागिएको यो चलचित्रलाई शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन। चलचित्रको कथा भने सिङ्गे लामाले लेखेका हुन्।

चलचित्रमा रवीन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपान, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री लगायतको कलाकारहरुको समेत अभिनय रहेको छ।

बालकलाकारको रुपमा भने टिकटकस्टार आयुसी ढकालको प्रस्तुती रहेको छ ।जति नै चलेका कलाकारहरु र कन्टेन्टहरु भएतापनि चलचित्रले सोचेजस्तो व्यापार नगरिरहेको समयमा यो चलचित्रले बाजी मार्ला या नमार्ला भन्ने कुरा आउने दिनले बताउँनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live