कांग्रेसमा आरजुको पकड : तीन प्रदेशका पाँच जिल्लाबाट प्रतिनिधिसभामा सिफारिस – Nepal Press

कांग्रेसमा आरजुको पकड : तीन प्रदेशका पाँच जिल्लाबाट प्रतिनिधिसभामा सिफारिस

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम प्रतिनिधिसभामा पाँच जिल्लाबाट सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली ५ र डडेल्धुरा, लुम्बिनी प्रदेशको बाँके ३ र बर्दिया २ तथा गण्डकी प्रदेशको बागलुङ २ बाट उनको नाम सिफारिस भएको हो ।

कांग्रेसमा धेरै जिल्लाबाट प्रतिनिधिसभाको लागि नाम सिफारिस हुनेमा आरजु परेकी छन् । डडेल्धुरा बाहेकका जिल्लामा उनी प्रत्यक्षतर्फ सिफारिसमा परेकी हुन् भने डडेल्धुराबाट उनी समानुपातिकमा परेकी हुन् ।

डडेल्धुराबाट समानुपातिकतर्फ उनको नाम एकल सिफारिस भएको छ भने कैलाली ५ बाट प्रत्यक्षतर्फ पनि राणाको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

अघिल्लो पटक बाम गठबन्धनबाट उम्मेदवार बनेका नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा होमिएकी राणा ५ हजार बढी मतले पराजित भइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । अहिले पनि राणाले यो क्षेत्र रोजे उनको प्रतिस्पर्धा रानासँगै हुने देखिएको छ ।

कैलाली ५ यस पटक पनि जोखिम हुन सक्ने भन्दै उनका अगाडि थुप्रै विकल्प राखिएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ । कैलालीमा एकल नाम सिफारिस भएपनि बाँकेमा भने त्यस्तो छैन । यहाँ आरजु देउवा राणासँगै केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सह महामन्त्री किशोरसिंह राठौर लगायतको नाम पनि सिफारिस गरिएको छ ।

गठबन्धनबाट क्षेत्र नम्बर ३ करिब करिब कांग्रेसको ‘पोल्टा’मा पर्ने निश्चित जस्तै भएपछि बाँके ३ बाट चुनाव लड्न केन्द्रीय नेताहरूले इच्छा व्यक्त गरेको बताइएको छ । प्रत्यक्षमा सिफारिस गरिएका अन्य नेताहरूमा बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तम राज घिमिरे रहेका छन् । बर्दियामा आरजुसँगै अन्य नेताहरूको नाम पनि सिफारिसमा परेको छ ।

बागलुङ क्षेत्र नं. २ बाट आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन नीरज, रामप्रसाद आचार्य, डा शान्त राज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको हो ।

गठबन्धनका कुनै नेतालाई एक क्षेत्रमा पनि सिट सुरक्षित गर्न सकस भइरहेको बेला आरजु राणा देउवाको नाम भने तीन प्रदेशका पाँच जिल्लाले सिफारिस गरेको चन, दोर्णकुमार कुँवर, नरबहादुर पुन नीरज, रामप्रसाद आचार्य, डा शान्त राज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको हो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापतिकै श्रीमती भएका कारण धेरै ठाउँबाट उनलाई सिफारिस गरिएको कांग्रेस नेताहरू बताउँछन् । अहिले सम्म उनले पाँच क्षेत्रमध्ये कुन क्षेत्रबाट लड्ने आधिकारिक बताएकी छैनन् । तर, उनी निकटका नेता कार्यकर्ताहरू भने अघिल्लो पटक पराजित भएको क्षेत्रबाटै यस पटक उम्मेदवारी दिने मनसायमा रहेको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर