उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई भने- पार्टीलाई कुनै लाभ नभए राजीनामा दिनुस् – Nepal Press

उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई भने- पार्टीलाई कुनै लाभ नभए राजीनामा दिनुस्

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेसका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । सरकार र पार्टीको आलोचना भइरहेको भन्दै अध्यक्ष यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।

मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको छ । अन्य योजनाका फाइलहरुमा पनि अख्तियार अनुसन्धान गरिरहेका कारण मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब छ । यही बेला अध्यक्ष यादवले पनि मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको स्रोतको दाबी छ ।

जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले मुख्यमन्त्री राउतले अध्यक्षजीले राजीनामा दिन निर्देशन दिएको विषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिए । उनले भने– यो कुरा अध्यक्ष जीलाई नै थाहा होला ।

मुख्यमन्त्री राउतका सल्लाहकार जीतेन्द्र यादव भन्छन्– पार्टीको राजनीतिक समितिमा मुख्यमन्त्री र मन्त्रीहरुमाथि अध्यक्ष यादवले असन्तुष्टि पोख्नुभएको सत्य हो । तर राजीनमा नै माग्नुभएको छैन ।

सरकारबाट पार्टीलाई कुनै लाभ नै छैन भने राजीनामा दिए पनि हुन्छ अध्यक्षजीले भन्नुभएको हो– मुख्यमन्त्रीका सल्लाहकार यादवले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर