केपी ओलीको टिप्पणी– यो देशद्रोही गठबन्धन ! – Nepal Press

केपी ओलीको टिप्पणी– यो देशद्रोही गठबन्धन !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही गठबन्धन रहेको टिप्पणी गरेका छन् । आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो देशद्रोही गठबन्धन हो । यल्ले नेपाली जनतालाई ढाँट्छ,’ उनले भने, ‘एमसिसीलाई पत्र लेख्छ, लेखेको छैन भन्छ । लेखेको पत्र त आइसक्यो भन्यो, होइन भन्छ । त्यस्तो होइन भने त्यस्तै चाहीँ होइन लेख्न चाहीँ लेखेकै हो भन्छ ।’

गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उनले बताए । ‘फलानासँग तीनचार पल्ट भेटेँ भन्छ । पछि सपनामा भेटेँ भन्छ । सपनामा केके हुन्छ हुन्छ ?,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर