कोशीमा जुहारी : बजेट अधिवेशनको स्मरण पत्र लिएर प्रदेश प्रमुखकहाँ पुगे मन्त्री – Nepal Press

कोशीमा जुहारी : बजेट अधिवेशनको स्मरण पत्र लिएर प्रदेश प्रमुखकहाँ पुगे मन्त्री

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखसमक्ष पुन: स्मरणपत्र बुझाएको छ । गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका नेताले नयाँ सरकार गठनको आव्हानको माग लिएर भेटेलगत्तै मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयमा पुगेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेश गरिएको पत्रमा जेठ ११ गते प्रदेशसभाको पाँचौ अधिवेशन आव्हान गर्द २०८० चैत २६ को मन्त्रिपरिषद् बैठकले निर्णय गरी यसअघि नै सिफारिस गरेको स्मरण गरिएको छ ।

आज मन्त्रिपरिषद् बैठक बसेर उक्त विषय प्रदेश प्रमुखलाई पुन: सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आव्हानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाख विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ मा विशेष अधिवेशन आव्हान गरेका थिए ।

उक्त अधिवेशनमा पेश गरिएको संकल्प प्रस्तावमार्फत् विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई गएरातिसम्मको समय सीमा दिइएको थियो । तर, संविधानको धारा १६८ (५) अनुसार आफू नियुक्त भएको सरकार भएकाले एक पटकभन्दा बढी विश्वासको मत लिनु नपर्ने कार्कीले जिकिर गर्दै आएका छन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर