राप्रपाले फोहोरमा राजनीति गर्ने फोहाेरी काम गर्दैन: राजेन्द्र लिङ्देन – Nepal Press

राप्रपाले फोहोरमा राजनीति गर्ने फोहाेरी काम गर्दैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति गर्ने जस्तो फोहाेरी काम नगर्ने बताएका छन् ।

काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको सामाजिक संजालमार्फत खण्डन गर्दै राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहरी काम नगर्ने बताएका हुन् ।

फोहर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता नभएको उनले बताए । यस्ता गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएको पाइए कारबाही गर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडा राजनीतिक दल नेताहरुले नै अवरुद्ध गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर