ज्ञानेन्द्र शाहीको दाबी- ओली संसद विघटनको लाइनमा छन् (भिडिओ) – Nepal Press

ज्ञानेन्द्र शाहीको दाबी- ओली संसद विघटनको लाइनमा छन् (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटनको लाइनमा रहेको दाबी गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा गृहमन्त्री लचिलो भएपनि ओलीले संसद विघटन गर्ने लाइनमा भूमिका खेलेको आरोप लगाए ।

उनले भने, ‘हामीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भनेका छौं । कांग्रेसहरुले छलफल गर्दैछन्, सत्तापक्षले छलफल नै नगर्ने, विशेषगरी एमालेका अध्यक्ष ओली संसद विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिला आफूले विघटन गरेको संसद त्यही सही हो भन्ने लाइनमा जान चाहनुहुन्छ । उहाँलाई स्पष्ट थाहा छ, अहिले संसद अवरुद्ध भएर बजेट आएन भने विघटन हुन्छ भन्ने थाहा छ त्यसैको भूमिका खेल्नुभएको छ । गृहमन्त्री लचिलो देखिनुभएको छ ।’

उनले गृहमन्त्री रवि लामिछानेलाई पनि फाइल खोल्छु भनेर मिडियामा बोल्दै हिँड्नुअघि काम गरेर देखाउन आग्रह गरे ।


प्रतिक्रिया

3 thoughts on “ज्ञानेन्द्र शाहीको दाबी- ओली संसद विघटनको लाइनमा छन् (भिडिओ)

  1. ज्ञानेको पाउ परेर देशमा लुटौंला भनेर हिडेको ।

  2. प्यवस्थाकै विराेधिलाई संसदकाे माया । गाेहिकाे आसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर