विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ – Nepal Press

विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

संसदीय समिति गठनको माग कायम राख्ने सहमति, सभामुखको भूमिकाको आलोचना

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलको संयुक्त बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

शाहीका अनुसार बैठकमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर पनि छलफल भयाे ।  बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेकाे थियाे । तर, यस प्रस्तावमा ठाेस सहमति भएन ।

बाेल्न दिने विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया जनाएकाे तर, निर्णय नभइसकेकाे शाहीले बताए । केही दलले भने यथास्थितिमा बाेल्न दिन नहुने भनाइ राखेका थिए ।

हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए ।

बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी थिए ।


प्रतिक्रिया

One thought on “विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

  1. शत्ताका लालचि कोजम्घट अरु केपनीहैन रास्वपाले शमर्थन फर्लिय फेरि बर्मलुट मच्चाईन्थियो भनेर जमघट भयकोहो ईन्को जनताको लागिकेगरेकाछन् ईनिहरुले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर