गठबन्धनमा छलफल- सबैको सीट सुरक्षित गर्दै एमालेले जितेका ठाउँ भागबण्डा गरौं – Nepal Press

गठबन्धनमा छलफल- सबैको सीट सुरक्षित गर्दै एमालेले जितेका ठाउँ भागबण्डा गरौं

देव गुरुङ भन्छन्- स्थानीय चुनावको ‘डेटा’ मिल्दैन, सदनको उपस्थितिलाई आधार बनाउनुपर्छ

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेको छ भने गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको ‘डाटा’ को विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

गठबन्धन कार्यदलको बीहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सीट बाँडफाँटको मोडालिटीमाथि छलफल भएको र सैद्धान्तिक रुपमा सहमति पनि भएको माओवादी नेता देव गुरुङले बताए । उनले स्थानीय चुनावको डाटालाई विश्वास गर्न भने नसकिने बताए ।

गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सीट जितेका छन् ती कायम राखेर एमालेले जितेका सीट बाँडफाँट हुने बताए । तर कांग्रेसले भने स्थानीय चुनावलाई मुख्य आधार बनाउन खोजेको छ । यसको टुंगो साउन ३० गते बस्ने कार्यदल बैठकले लगाउनेछ ।

गुरुङले भने, ‘मोटामोटी अहिलको संसदको उपस्थितिलाई ध्यानमा राखेर त्यसको सेरोफेरोमा हुन्छ । स्थानीय तहको निर्वाचनको डेटाहरु मिल्दैन । एउटै निर्वाचनलाई मात्रै अन्तिम रुपमा डेटाबेस बनाउन कठिन छ । त्यस्तैले सदनमा उपस्थितिको आधारमा, समानुपातिक मतलगायतयलाई सहमतिको मोडालिटी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live