एमाले भोजपुरको बैठक : टोलसम्म चुनावी तयारीको बन्यो यस्तो योजना – Nepal Press

एमाले भोजपुरको बैठक : टोलसम्म चुनावी तयारीको बन्यो यस्तो योजना

भोजपुर । नेकपा एमाले भोजपुर मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीमा लागेको छ ।

हालै सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले टोलसम्म संगठनलाई व्यवस्थित गर्दै जनतामाझ आफ्नो एजेण्डा लिएर जाने निर्णय गरेको हो । त्यसअनुरूप भदौ ७ गते वडा तथा टोल कमिटी भेला र बैठक, भदौ ८-२१ मा पालिकास्तरको भेला, भदौ १५ भित्र जनवर्गीय संगठनको भेला र असोजको पहिलो सातासम्म साइबर फोर्सको भेला तय गरिएको छ ।

भेलामा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी चुनावमा एमालेलाई जिताउन रणनीति तयार पार्ने त्यसका लागि युवा, विद्यार्थी, पार्टीका सबै जनवर्गीय संगठनको परिचालनमा जोड दिइने जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए ।

जिल्ला कमिटी बैठकलगत्तै एमालेले कार्यकर्तालाई प्रशिक्षण समेत सञ्चालन गरेको थियो । कार्यकर्ता भेला तथा प्रशिक्षणमा स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, जिल्ला इन्चार्ज हरिबहादुर राई, पूर्वमन्त्री कृपाशुर शेर्मालगायतका नेता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर