राष्ट्रिय खेलकुदमा सहभागिताका लागि बजेट नआएपछि आफ्नै तयारीमा जुट्यो रुपन्देही – Nepal Press

राष्ट्रिय खेलकुदमा सहभागिताका लागि बजेट नआएपछि आफ्नै तयारीमा जुट्यो रुपन्देही

रुपन्देही । पोखरामा हुन गइरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट नआएपनि जिल्ला खेलकुद विकास समिति रुपन्देहीले तयारी सुरु गरेको छ ।

समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापाक्षेत्रीले प्रदेश सरकारबाट बजेटको आवश्यक प्रतिबद्धता भएपनि अनिश्चित भएको बताए । प्रदेशबाट बजेट नआएपनि जिल्ला खेलकुद विकास समिति आफैं व्यवस्था गरेर छनौटको तयारीमा लाग्ने उनले बताए । ‘आश मारेको छु ’, उनले भने ।

नवौ खेदकुदमा भाग लिने ३६ वटा खेललाई विभाजन गरी संयोजक तोकेर अघि बढेको क्षेत्रीले जानकारी दिए । साउन ३० गतेभित्र भाग लिन सकिने खेलहरुको अन्तिम निर्णय गर्ने उनले बताए ।

खेल सम्बद्ध संस्था र क्लबहरूलाई एउटै छातामुनि ल्याउने गरी खेल संस्था र क्लब दर्ताको सूचनासमेत बाहिर ल्याएको बताउँदै उनले खेल संस्था दर्ता गर्न १० हजार, क्लब दर्ता गर्न ५ हजार तोकिएको बताए । जिल्लाको सिफारिसबिना प्रतियोगितामा खेलाडीहरूले रुपन्देहीको नाममा भाग लिन नपाउने उनले बताए ।

जिल्लाले अस्थायी प्रशिक्षकको योजनासहित तयारी गरिएको जनाउँदै क्षेत्रीले विद्यालयहरुसंग समन्वय गरी प्रशिक्षक जिल्लाबाट दिने व्यवस्थापनको काम गरिने बताए । साउन २५ देखि भदौ ५ गतेसम्म प्रशिक्षण गराउने तयारीमा रहेको उनले बताए । नवौं राष्ट्रिय खुलकुद असोजको २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुनेछ ।

रुपन्देही जिल्लामा तेक्वान्दो ९२, कराते ९३, शारीरिक सुगठन ९१, हेन्ड बल ९१, कार्यालय प्रमुख १ गरेर ८ जना रहेका छन । राखेपले ३६ वटा खेललाई मान्यता दिएको भए पनि रुपन्देहीबाट बढीमा २८ वटा खेलमा भाग लिएको इतिहास भेटिएको उनले बताए । अनुमानित ५० लाख खर्च हुने भएपनि कुनै बजेट नरहेको उनको गुनासो छ ।

सरकारी बजेटको पर्खाइमा लामोसमय बितिसकेको भन्दै अब थोरैथोरै सहयोग जुटाएर काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर