जापानका पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि – Nepal Press

जापानका पूर्वप्रधानमन्त्री आबेको अन्त्येष्टि

टोकियो । चुनावीसभालाई सम्बोधनका क्रममा बन्दुकधारीको गोली प्रहारबाट मृत्यु भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज जापानको टोकियोमा अन्त्येष्टि गरिएको छ ।

गत शुक्रबार खान्साई क्षेत्रको नारा शहरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते आबेको उपचारका क्रममा मृत्यु भएपछि शनिबार उनको शवलाई टोकियोस्थित निवास ल्याइएको थियो ।

यसअघि आबेको पार्थिव शरीरलाई श्रदान्जलीका लागि जोजोजी मन्दिरमा राखिएको थियो । अन्त्येष्टिमा परिवारका सदस्यहरू र उनीहरूसँग घनिष्ट सम्बन्ध भएका सम्बन्धित पक्षहरूसहित प्रधानमन्त्री किशिदा, लिबरल डेमोक्रेटिक पार्टीका महासचिव मोतेगीलगायतको उपस्थिति थियो ।

अन्त्येष्टिमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ट ट्रम्प पनि सहभागी हुने भनी समाचारहरु सार्वजनिक भए तापनि उनी उपस्थित नभएको जापानका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर