अश्लील शीर्षक राखेकाे आरोपमा युट्यूबर पक्राउ – Nepal Press

अश्लील शीर्षक राखेकाे आरोपमा युट्यूबर पक्राउ

काठमाडौं । फेरि अर्का युट्युबर पक्राउ परेका छन् ।

अश्लील शीर्षक राखेर भिडिओ सामग्री प्रकाश गरेको आरोपमा फोर रियल टिभी नामक युट्यूब च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।

लामाले रातिराति काठमाडौंका विभिन्न सडकमा युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडिओ प्रकाशन गर्दै आएको प्रहरीले बताएको छ । एक पीडित युवतीको उजुरीका आधारमा लामा पक्राउ परेका हुन् ।

समाजमा अश्लिलता फैलाउने किसिमका भिडिओ बनाइ सामाजिक सञ्जालहरूमा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा उनलाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *