‘इनफ इज इनफ’ भन्दै ओलीले प्रदिप गिरी सम्झिँदा गगनको यस्तो ‘बडी ल्याङ्ग्वेज’ (भिडिओ) – Nepal Press

‘इनफ इज इनफ’ भन्दै ओलीले प्रदिप गिरी सम्झिँदा गगनको यस्तो ‘बडी ल्याङ्ग्वेज’ (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी दलका नेताले बोल्ने जानकारी पुगेपछि आइतबारको प्रतिनिधिसभा बैठक शुरु नहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवनमा पुगेका थिए ।

बैठक शुरु गर्दै सभामुख अग्नि प्रसाद सापकोटाले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई बोल्न समय दिए । ओलीले आफ्नो सम्बोधनको सुरुमै आफू प्रधानमन्त्री हुँदा कांग्रेसका एक जना सांसदले ‘इनफ इज इनफ’ भनेर संसद् र सडक उरालेको स्मरण गरे ।

तर ती सांसद आजको बैठकमा उपस्थित नभएको भन्दै ओलीले देश ठिकठाक चलिरहेको बेला इनफ इज भनिएको भन्दै वास्तवमै इनफ इज इनफको अवस्था अहिले आएको बताए ।

ओलीले इनफ इज इनफ भनेर सम्झिएका पात्र थिए कांग्रेस सांसद प्रदिप गिरी  । बौद्धिक नेता गिरीले बेलायतका तत्कालीन प्रधानमन्त्री चर्चिलको सन्दर्भ ल्याउँदैं इनफ इज इनफ भनेका थिए भने उनलाई गगन थापाले साथ दिएका थिए ।

विरामी परेका कारण प्रदिप गिरी सदनमा लामो समयदेखि अनुपस्थित छन् । गगन थापा भने ओलीको भाषणा सुन्न अन्तिमसम्म बसेका थिए । । ओलीले सम्बोधन शुरु गर्दा अनुपस्थित रहेका थापा बीचमा बैठकमा प्रवेश गरेका थिए । डेढ घण्टापछि पनि ओलीले आफ्नो सम्बोधन अन्त गर्ने बेला फेरि इनफ इज इनफ  फर्काए ।

ओलीले प्रधानमन्त्रीलाई भने- अब यहाँकै पार्टीका एक जना माननीयले भन्नुभएको कुरा सभामुखमार्फत प्रधामन्त्रीजयूलाई भन्छु, उहाँले त्यस बेला ठिकठाक इनफ इज इनफ भन्नुभएको थियो । इनफ इज इनफ भनेको त्यस बेला होइन यो चाहिँ हो । यो सहनीय छैन । इनफ इज इनफ ।

ओलीले यसो भन्दा गगन थापा रोष्टमतर्फ चनाखो भएर हेरिरहेका थिए ।


प्रतिक्रिया

One thought on “‘इनफ इज इनफ’ भन्दै ओलीले प्रदिप गिरी सम्झिँदा गगनको यस्तो ‘बडी ल्याङ्ग्वेज’ (भिडिओ)

  1. गगन चटके मान्छे हुन प्रधानमन्त्री का उमेदवार घोषणा गरेका ले, देश विकासमा ओलीको मोडल कसरी चोरी गरि कसरी बोल्ने भन्ने बिषयमा विचार गर्दै ओलीले ल्याउने बिचार कसरी प्रयोग गर्ने भनेर चलाक भइ हेरेको हुनसक्छ ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर