मोटरसाइकल चोर्ने गिरोह पक्राउ – Nepal Press

मोटरसाइकल चोर्ने गिरोह पक्राउ

रुपन्देही । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ लगेर बिक्री गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

चोरीका मोटरसाइकल दाङमा बेच्ने आठ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोर, १७ वर्षीय दुई किशोर, १५ वर्षीय एक किशोर, र १९ वर्षीय अनिलसिंह ठकुरी, लक्ष्मण विष्ट र लमही नगरपालिका– ५ का बसीयमसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

घोराही बजारसहित विभिन्न ठाउँबाट मोटरसाइकल चोरी भएपछि एसपी काफ्लेकै निर्देशनमा दाङ प्रहरीले अपरेसन चलाएको थियो ।

उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *