सेयर बजारमा उछाल : ९४ अंकले बजार बढ्यो, २ अर्ब बढीको कारोबार – Nepal Press

सेयर बजारमा उछाल : ९४ अंकले बजार बढ्यो, २ अर्ब बढीको कारोबार

काठमाडौं । लामो समयपछि सेयर बजारमा उछाल छाएको छ । आज बजार ९४.९२ अंकले बढेको छ । ५.१० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९५६.९८ अंकमा पुगेको छ ।

२ अर्ब १९ करोड ६१ लख ४१ हजारभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय ३० वटा कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता आज खरिदबिक्री भएको छ ।

सबैभन्दा धेरै सेयर कारोबार कुमारी बैंकको भएको छ । सो बैंकको ८ करोड ६४ लाख ३८ हजारभन्दा धेरै सेयर कारोबार भएको हो ।

आज २१ भन्दा बढी सेयर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको १० प्रतिशत सेयर मूल्यवृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर