अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा – Nepal Press

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा

काठमाडौं । सन् १९८१ मा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको हत्या प्रयास गर्ने जोन हिन्क्ले मानसिक अस्पतालबाट छुटेको ६ वर्षपछि बुधबार पूर्णतया स्वतन्त्रता प्राप्त गरेका छन् ।

यस महिनाको सुरुमा वाशिंगटनको अदालतले उनलाई रिहा गर्न अनुमति दिएको थियो । ‘अन्ततः ४१ वर्ष २ महिना र १५ दिनपछि स्वतन्त्रत !!!’, उनले बिहीबार ट्वीट गरेका छन् ।

हाल ६७ वर्षीय हिन्क्लेले ३० मार्च १९८१ मा वाशिंगटनको एउटा होटलबाहिर रिभल्भरले पूर्वराष्ट्रपति रेगन र अन्य तीनजनालाई गोली हानेका थिए ।

चलचित्र ‘ट्याक्सी ड्राइभर’ हेरेपछि अभिनेत्री जोडी फोस्टरप्रति ‘पागल’ बनेका हिन्कोले उनलाई प्रभाव पार्न गोलीकान्ड गरेको बताएका थिए । उनले गोली हानेका सबै जना बाँचेका थिए । यद्यपि, रेगनका प्रेस सेक्रेटरी जेम्स ब्राडीलाई आंशिक रूपमा पक्षाघात भएको थियो ।

सन् १९८२ मा भएको सुनुवाइमा उनको मानसिक समस्यालाई आधार मान्दै हिन्कलाई निर्दोष साबित गर्दै वाशिंगटनस्थित सेन्ट एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी ३४ वर्ष रहे ।

उनी सन् २०१६को सेप्टेम्बरमा रिहा भएका थिए । तर, प्रतिबन्धहरूको लामो सूचीअन्तर्गत उनी ६ वर्ष भर्जिनियाको एउटा गेट समुदायमा आफ्नी वृद्ध आमासँग बस्न बाध्य भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर