अर्थमन्त्रीलाई खगराजको प्रश्न-  चुनाव खर्च कति उठाउनुभयो ? – Nepal Press

अर्थमन्त्रीलाई खगराजको प्रश्न-  चुनाव खर्च कति उठाउनुभयो ?

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत चुनावी खर्च जुटाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर बजेटको दुरुपयोग गरिएको आरोप लगाएका हुन् ।

‘१० करोडभन्दा बढीको बिजुली खपत दिनेलाई छुट दिनुभएको छ । अर्थमन्त्रीले कुन व्यापारीसँग कति चुनाव खर्च उठाएर यस्तो व्यवस्था राख्नुभयो । व्यक्ति पोस्ने गरी बजेटमा नीतिगत व्यवस्थाहरु गरिनु आपत्तिजनक छ’, अधिकारीले भने ।

अपार्टमेन्ट क्षेत्रमा २० प्रतिशत विदेशी लगानी खुला गर्ने नीतिको पनि अधिकारीले विरोध गरे । ‘बजेटले २० प्रतिशत अपार्टमेन्ट विदेशीलाई दिने भनियो । यो कुन विदेशी कम्पनीका लागि, कहाँ राखेको पैसा, कुन व्यापारीका लागि तोकेको हो भन्ने पनि लेखेको भए हुन्थ्यो । यो कुनै अमूक व्यापारीका लागि ल्याइएको कार्यक्रम हो’, उनले भने ।

अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई निजीकरण गर्न खोजिएकोसमेत आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर