प्रेस युनियनको नवौं महाधिवेशन जेठ २८ र २९ गते काठमाडौंमा हुने – Nepal Press

प्रेस युनियनको नवौं महाधिवेशन जेठ २८ र २९ गते काठमाडौंमा हुने

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा हुने भएको छ ।

युनियनको स्थापना दिवसका अवसरमा आयोजित विशेष भेलाले महाधिवेशनको मिति तय गर्दै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ ।

समितिमा युनियनका केन्द्रीय पदाधिकारी र सदस्यहरु सम्मिलित छन् । भेलाले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठनसमेत गरेको छ । केन्द्रीय सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनाइएको छ । केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक तयारी समिति र केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक तयारी समिति पनि बनाइएको छ ।

भेलाले २०७४ सालको भदौमै सम्पन्न हुनुपर्ने महाधिवेशन छैटौंपटकसम्म स्थगित गरिएको, २ वर्षदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको तथा केन्द्रीय नेतृत्वले विधानसम्मत काम नगरेको ठहरसमेत गरेको छ ।

भेलाको उद्घाटन सत्रमा युनियनका संस्थापकहरु, युनियनका पूर्वअध्यक्षहरु, वरिष्ठ पत्रकार तथा विभिन्न शाखाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले लोकतान्त्रिक पत्रकारहरुको संस्था भएर पनि युनियन विधिवत ढंगले सञ्चालन हुन नसकेकोमा दुःख व्यक्त गर्दै युनियनको गरिमा उँचो राख्न आफूहरुको साथ रहने बताएका थिए ।

यसअघि युनियनको संस्थापन पक्षले भदौ २१ र २२ मा हेटौंडामा महाधिवेशन गर्ने गरी विज्ञप्ति जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर